दाङ । बिजौरी १ स्थानिय बासिन्दाहरु तीन बर्ष देखि अन्धकारमा बस्न बाध्य भएका छन् । पोल गागिएको तीन बर्ष पुग्दा पनि विधुत प्राधिकरणले तार नतान्दा अन्धकारमा बस्न बाध्य भएको स्थानिय बासिन्दाहरुले वताएका हुन । पटक पटक विधुत प्राधिकरण धाउदा समेत वेवास्था गरेको स्थानिय सरस्वति नेपालीले वताउँनुभयो ।
पोलमा तार नटाङ्दा राज्यको लाखौको सम्पति नष्ट हुने अबस्थामा पुगेको उहाँको भनाई । राज्यले प्रदान गरेको सेवा सुविधा प्रयोग गर्न नपाउँनु सर्वसाधारणका लागि अत्यन्तै दुखत पक्ष भएको नेपालीको भनाई छ । त्यसैले गाडिएका पोलमा तत्कालन तार टागेर विद्युत सुचारु गर्न सम्बन्धित निकाय संग माग गर्नुभएको छ ।