Indrenionline.com

चुनावी मैदानमा प्रखर वक्ता वली

इन्द्रेणी संवाददाता

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन संघारमै आइरहेका बेला यहाँका व्यावसायी नेताहरु चुनावी मैदानमा खटिएका छन् । नतिजा आफ्नो पोल्टामा कसरी पार्ने ? आफूले कसरी अत्यधिक मत लिएर जित्ने ? सबैको ध्यान त्यतातिर छ । यस्तै चुनावी दौडानमा दौडिरहेका एक प्रतिष्ठित उद्योगी हुन् विकास वली ।

रुकुममा जन्मिएर प्लस टु सम्मको अध्ययन सकेपछी वली जीवनका सुनौला सपना देखेर २०६५ सालमा दाङ झरेका वली अब हुने उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उम्मेदवार हुन्  । पारिवारिक आर्थिक अवस्था मजबुत नभएका कारण उनि दाङमा आएर व्यावसाय सुरु गरे ।

अघिल्लो कार्यकाल उद्योग वाणिज्य संघको सदस्य भएर अनुभव संगालेका वली सुरुमा सेल्स सर्भिस सेवाबाट व्यावसायमा हात हालेका हुन् । उनले झन्डै पाँच बर्ष पछी फुटकर व्यावसाय सुरु गरेको बताउछन । फुटकर व्यावसायमा राम्रै सफलता हात परेपछि वलीले होलसेल व्यावसाय गर्न थाले । करिब छ वर्ष किराना, होलसेल र डिलर संन्चालन गरेपछि बिगत पाँच वर्ष यता उनले उद्योग संचालनमा ल्याएका छन् ।

उद्योग व्यावसाय संचालन संगसंगै दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर नेतृत्व समेत लिएका वली स्पष्ट तथा प्रखर वक्ता हुन् ।

अन्याय नसहने, कसैका लागि नराम्रो नगर्ने, आफ्ना कारण अरु कोहि केहि समस्यामा नपरोस र आफ्ना कारण अरुको चित्त नदुखोस भन्ने भावना भएका, व्यावासायिक हितका लागि अहोरात्र खट्ने वलीले हाल हिमालय फुड प्रोडक्स नामक उद्योग संचालन गरिरहेका छन् ।

करिब १२/१५ जना जातिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका वलीले आफू उद्योग वाणिज्य संघको सदस्यमा हुँदै गर्दा व्यावसायिक समस्या र उद्योग वाणिज्य संघले उनीहरुका लागि गर्नुपर्ने काम कर्तव्य नजिकबाट बुझेर हाल उनि नेतृत्वमा जान इच्छुक भएका हुन् ।

आफू कार्य समिति सदस्य रहँदा व्यवसायिका समस्या हरुलाई व्यावसायिहरुसंग संगै रहेर समाधान गर्नमा अग्रणी भुमिका निर्वाहा गरेको । व्यावसायीहरुको समस्यामा रातदिन नभनेर खटिएको र आफ्नो प्रस्तुतीकरणका कारण व्यावसायीहरुले आफूलाई मत दिन्छन भन्ने कुरामा उनि ढुक्क देखिन्छन ।