काठमाडौं : फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन गर्ने सहमति भएसँगै विवाद टुंगिएको छ । अब फिल्मको परिवर्तित नाम ‘एक भागवत् र एक गीता’(सामाजिक कथा) रहनेछ।
चलचित्र विकास बोर्डमा आइतबार बोर्ड अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, फिल्मका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको छलफलपश्चात् उक्त नाम राख्ने सहमति भएको हो ।
यससँगै विकास बोर्डले अब फिल्मलाई सेन्सर अनुमति दिने भएको छ । छलफलमा निर्देशक दिपेन्द्र के खनाल, कलाकार खगेन्द्र लामिछाने, कलाकार दीपकराज गिरी, अभिनेत्री सुहाना थापा लगायतको उपस्थिति थियो ।
