Indrenionline.com

धादिङ बस दुर्घटनाका मृतक चार जनाको सनाखत

धादिङ । आज विहान धादिङको गजुरी नजिकै भएको बस दुर्घटनामा परी मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ।
दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको हो।

दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको हो। मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले इसेवाबाट टिकेट काटेका थिए। कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बस चढेका थिए। सहचालक तामाङ सकुशल छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा १७ जना घाइते छन्। १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। थिए।