Indrenionline.com

त्रिशूलीमा बस खस्यो, १८ जनाको उद्धार

काठमाडौँ । त्रिशूली नदीमा खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

धादिङको गजुरी–२, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।