Indrenionline.com

दश घण्टादेखि नारायणगढ-मुग्लिन सडक अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सो सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएपछि सडक बन्द अवरुद्ध भएको हो । सडक हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ ।