काठमाडौं,११ साउन । गएराति देखि परेको अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे(१ सोँधा गाउँको थप तीन घर बगाएको छ । वर्षासँगै मादी नदीमा बाढी आएपछि मादिले कटान गर्दा स्थानीय अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ ।
अविरल बर्षाका कारण पोखरा बागलुङ सडकखण्ड अवरुद्ध ,कास्कीमा तीन घर बगायो
