काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै नतिजा सार्वजनिक गरिने बताए ।
वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।