Indrenionline.com

सांसद अनिता देवीले आज शपथ लिदै

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहलेआज मन्त्रीको शपथ लिने भएकी छन्। बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि अनिता शपथ लिन लागेकी हुन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मोदीको ठाउँमा अब जनमतकी अनिता देवी साह मन्त्री हुनेछिन् ।