काठमाडौं । लगातारको वर्षातले सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेको छ । पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्।
आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए । पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोल्न लगाइएको हो । तीन दिनदेखि लगातार वर्षात भइरहेको छ ।
‘
