Indrenionline.com

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं । गएराति काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।
पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको हो ।

तारकेश्वर नगरपालिका–३का वडा अध्यक्ष परशुराम अर्यालका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।