पाल्पा । बारीको मकै बाँदरबाट जोगाउन राखिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका छन् ।
तानसेन–७, लामिडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय ३१ वर्षकी विजिता आले र ३८ वर्षकी तिलु थापा गम्भीर घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भूपेन्द्र थापाका अनुसार बुधवार बेलुकी बजेतिर बारीमा घाँस काट्न जाने क्रममा उनीहरू धरापमा परेका हुन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपभार भइरहेको छ ।
