Indrenionline.com

मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यादेश निष्क्रिय भएर प्रतिनिधिसभामा अलपत्र मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक अगाडि बढाउन सत्तारूढ दलहरू सहमत भएका छन् ।

आजै प्रतिनिधिसभामा दफावार छलफल सकेर मिटरब्याजसम्बन्धी कानुन बनाउन विधेयक आइतबार नै पारित गर्ने तयारी छ । तर, विधेयक अगाडि बढाउन तयार रहे पनि विपक्षी दलहरूले प्रक्रियाको विषयमा छलफल गर्नुपर्ने बताएका छन् । विधेयकमा १४ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।