दाङ। जिल्ला पशु सेवा कार्यालयको बार्षिक समिक्षा कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । त्यस अबसरमा बोल्दै जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख डा.जगत सिमखडाले किसानले पशु विमा गर्न आनाकानी गर्दे आएको उल्लेख गर्नुभयो । राज्यले किसानका लागि प्रयाप्त अबसर दिदापनि किसानले सदुपयोग गर्न नसकेको उल्लेख गर्नुभयो । पशु विमाका लागि सरकारले ७५ प्रतिशत र बाकी २५ प्रतिशत मात्र किसानले लगानी गर्नु पर्ने व्यवस्था सरकारले लागु गरेको छ ।
यस्तै पशु नश्ल सुधार राष्ट्रिय अभियानमा ७८ प्रतिशत, युवा लक्षित बिशेष कार्यक्रम ९६ , पिग पोर्क सुधार कार्यक्रम ९१, बाख्रा श्रोत केन्द्र फलओप कार्यक्रम ९७ , सहकारी खेति बंगुर ९९, पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम ९८ , राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम ८३, पशु स्वास्थ्य नियमन कार्यक्रममा ९८ प्रतिशत सफलता प्राप्त गरेको उल्लेख गर्नुभयो ।
त्यस अबसरमा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दाङमा आएको साढे ८ अर्ब बजेट मध्य साढे सात अर्ब खर्च भएको उल्लेख गर्नुभयो । त्यस मध्य जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको ८२ करोड बजेट फ्रिज भएको उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका काफ्लेले दाङलाई बाख्रा पालनको हबका रुपमा विकास गर्दे राष्ट्रिय विकासमा सहयोग गर्नु पर्ने उल्लेख गर्नुभयो । जिल्लालाई पोषणमा आत्म निर्भर बनाउँनका लागि सबैले सहयोग गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाले पशु र मान्छेका विचमा आत्मियता भएमा मात्र पशुपालन व्याबसाय फष्टाउँने उल्लेख गर्नुभयो ।
कार्यक्रम निमित्त स्थानिय विकास अधिकारी बासुदेव आचार्य, जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्रीधर ज्ञवाली, नेपाल पत्रकार महासंघ दाङका कार्यवहाक अध्यक्ष लक्ष्मी आचार्य लगाएत दाङका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।