चितवन । काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस चितवनको दासढुङगा नजिकै दुर्घटना भएको छ । अनियन्त्रित भएर सडकबाट वस खस्दा १९ जना यात्रु घाइते भएका छन् ।
आज विहान करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।
बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटीएको छ ।