Indrenionline.com

आज २१०औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी २१०औँ भानुजयन्ती मनाइँँदैछ।

२०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषी माझ लोकप्रिय छन्।