बर्दिया । प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वर्दिया राजापुर नगरपालिका ४ भिमापुर घर भई गेरुवा गाउँपालिका ५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो ।
