काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
आज बुधबार दिउँसो १ बजेका लागि तय भएको केन्द्रीय समिति बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि स्थगित गरिएको काग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए ।
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्। बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले जानकारी दिए ।
