Indrenionline.com

५८ जना कृषकलाई हाते ट्याक्टर वितरण

विजुवार, असार २५ गते । प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपातीलाई सहज बनाउनका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानलाई खेती गर्न सजिलो होस् भनेर ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिएका छन् ।