Indrenionline.com

एसइई पछिको यात्रा

अभिषेक बोहरा / दाङ : माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइर्ई) को नतिजा सार्वजनिक भएपछि यतिवेला लाखौँ विद्यार्थी उच्च शिक्षा अध्ययनको तयारीमा जुटेका छन् । एसइईको नतिजा, आफ्नो चाहना र क्षमताअनुसार लाखौँ विद्यार्थी सुनौलो भविष्यको खोजीमा लागेका छन् । यसका लागि पहिलो निर्णय गर्नुपर्ने विषय हो, कक्षा ११ मा अध्ययन गर्ने सही विषय र शैक्षिक संस्था । कतिपयले यतिवेला विषय र शैक्षिक संस्था छनोट गरिसकेका छन् भने कतिपय अझै अन्योलमा छन् ।

प्र्रायजसो विद्यार्थीहरु परीक्षाफलबाट सन्तुष्ट देखिन्छन् भने कतिको ग्रेडिङ नमिलेर चिन्तित समेत देखिन्छन् । परीक्षाफल प्रकाशनको बखतमा यो परिवेशको सृजना हुनु स्वभाविक नै देखिन्छ । अब परीक्षार्थीहरुलाई एउटा थप निर्णय लिने बेला आएको देखिन्छ त्यो हो अबको यस पछिको शैक्षिक यात्रा ।

अर्थात एसइई परीक्षा उतिर्ण गरी सकेपछि अब आफूलाई कुन संकायमा नामाँकन गराउने हो । सबै विद्यार्थीहरुलाई सबै संकाय जस्तो कि विज्ञान,व्यवस्थापन,शिक्षा,कला वा प्राविधिक मन पराउन सक्दैन पनि । कसैले विज्ञान त कसैले व्यवस्थापन त कसैले आफ्नै अनुरुप मन पराउने गर्दछ । विशेष रुपमा संकाय छनौट गर्दा विद्यार्थीहरुले आफ्नो भाबि योजना र वर्तमान शैक्षिक गुणस्तर तथा आधारलाई ध्यान दिनु नितान्त आवश्यक हुने देखिन्छ ।

कति विद्यार्थीहरुले राम्ररी विचार नगरी सार्थीहरुको लहलहैमा लागेर संकाय छनौट गर्दछन् जुन खतरनाक हुने सम्भावना हुन्छ । यति बेला अभिभावकहरुले समेत निर्णय लिने बेलामा सहयोग गर्न आवश्यक हुन्छ । पछिल्लो समय दाङमा विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गरिरहेका थुप्रै विद्यालयहरुको छन् ।  जस्तै गुरुकुल एकेडेमी , गोर्खा , माउंट व्यू , दाङ भ्याली, पद्मोदय आदि थुप्रै विद्यालय र कलेजहरु हाम्रै घोराही दाङमै छन ।

विद्यालय छनोट को प्रारम्भिक विधि

 विद्यालय छनोटका लागि विद्यार्थी आफैँ तयारी हुनुपर्दछ । आफुले पढ्ने विषय र भविष्यका लागि बनाएको लक्ष्य सँग जोड्न सक्नुपर्दछ । लक्ष्य एकातिर र पढ्ने विषयवस्तु अर्कातिर हुनुहुदैँन ।
 आफुुले अध्ययन गर्ने विषय सम्बन्धित विद्यालयमा पढाइ हुन्छ या हुदैँन, यदी पढाइ भए कुन स्तर, अनुभव र कस्तो प्रशासनको व्यवस्थापनमा पढाइ हुन्छ ।
 विद्यालय प्रशासन तथा व्यवस्थापन कतिको परिवर्तित समय अनुकुल छ, परम्परागत वा प्रविधिको प्रयोग गर्न सक्ने कुन स्तरको छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ ।
 विद्यालयले पढाईको अतिरिक्त अन्य क्रियाकलापहरु कसरी व्यवस्थापन गर्छ वा गर्दै आएको छ ।
 सम्बन्धित विद्यालयका शिक्षक तथा कर्मचारीहरु कस्तो शैक्षिक विधि अपनाउन सक्ने सम्भावनाका छन् ।
 विद्यालयको भौतिक पुर्वाधार, पुस्तकालय, विषयगत ल्याबको अध्ययन गर्न जरुरी छ ।
 विगतका ५ वर्ष उपलब्धीको अवस्था कस्तो छ, उपलब्धी एकरुपता वा उत्तारचढाप के छ ।
 विद्यालयको अनुशासन, परिक्षाप्रणाली, भौतिक तथा शैक्षिक वातावरण
 अभिभावकको आर्थिक अवस्था र आफुले छनोट गरेको विषयकोे मार्केट माग कस्तो छ ।
 विद्यालय छनोटका निम्ति विशेषत विद्यालयको ठुलो भवन, राम्रो गाडी, राम्रो पोशाक, साथीहरुको भनाइ, सामुहिक निर्णय भन्दा पनि आफ्नो क्षमता, इच्छा, विद्यालयको भौगलिक दुरी लगायत अभिभावकको आर्थिक क्षमतालाई मुख्य आधार बनाउनुुपर्दछ ।

#AbhisekBohara #SEE