काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालयले सो मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम स्थान प्राप्त गरेकाहरूले ग्रेड वृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।
त्यस्तै, दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीले पनि पूरक परीक्षामा भाग लिन सक्नेछन् ।
जसका लागि फाराम साउन २१ गतेसम्म भरिसक्नुपर्नेछ । सो फाराम सम्बन्धित विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ । गत १७ देखि २९ चैतसम्म सञ्चालन गरिएको एसइईको नतिजा २१ असारमा सार्वजनिक भएको थियो ।
