Indrenionline.com

आगामी वर्षदेखि एसईई नतिजामा नयाँ नियम

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । यसवर्ष पुरानै प्रणालीबाट एसईईको नतिजा प्रकाशन गरिएपनि आगमी वर्षदेखि नयाँ नियम लागु हुने भएको छ ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले ०७९ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले ०७८ पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो ।

तर, नयाँ प्रणालीमा जाँदा नतिजामा समस्या हुने भएकाले यस वर्ष पुरानै तरिकाले नतिजा सार्वजनिक गरिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ । उनले नयाँ पाठ्यक्रम आइसकेकाले आगामी वर्षदेखि नयाँ व्यवस्था लागू गरिने बताए ।