इटहरी ,१० साउन नेपाल र भारतको सिमामा रहेको कोशी ब्यारेजको पुलमा अन्तराष्ट्रिय आतंकवादी संगठनले ‘आक्रमण’ गर्ने योजना बनाएको खुलासा भएको छ ।
सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यो तथ्य खुलेको हो ।
भारत बिरपुर जिल्लाका डिस्ट्रीक म्याजेस्टेड (डिएम) बाट नेपाल स्थित सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जैस-इ-मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ ।
रातोपाटी बाट