काठमाडौं । अन्तः राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा भारतमा उपचार गराउँदा लागेको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने भएको छ ।
नेपालमै सम्भव हुने उपचारका लागि भारत गएर राज्यको ढुकुटीमाथि अनावश्यक आर्थिक भार थुपारेको भन्दै जनस्तरबाट आलोचना भएपछि १९ वैशाखमा राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति आफैँले खर्च व्यहोर्न चाहेको जनाएको थियो । तर, १२ असारको मन्त्रिपरिषद् बैठकले उक्त खर्च सरकारले नै व्यहोर्ने निर्णय गर्दै प्रक्रिया सुरु गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई उपचार खर्च निकासाका लागि पत्र पठाएको छ ।
