Indrenionline.com

घोराही सिमेन्टको आईपीओमा एक करोड २० लाख कित्ता फर्जी आवेदन, धितोपत्र बोर्डले रोक्यो आईपीओ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ । १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ ।

आवेदनमा गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

घोराही सिमेन्टको आईपीओमा एक करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेको छ । फर्जीमध्ये नौ जनाले १० लाख कित्ताका दरले दिएको ९० लाख कित्ता छ ।