काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने भन्दै चार पाटी मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गर्ने भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ले आज मोर्चा बनाउन लागेका हुन् ।
नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको उनीहरुले जनाएका छन् ।
नेकपा एमालेबाट विछिट्टीएर गठन भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरा स्वाभाविक भएको बताए । मोर्चा घोषणासँगै १५ बुँदे सहमति पनि हुदैछ ।
