Indrenionline.com

नेपालमा मनसुन ढिला गरी भित्रिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष एक/दुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने जनाएको छ ।

जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ।

नेपालको पूर्वी भू-भागबाट मनसुन भित्रिने गर्छ । बुधबार -बिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्ने विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले बताए । समयमा मनसुन नभित्रदा गर्मी अत्यधिक बढेको छ । गर्मीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।