प्यूठान । प्यूठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेको लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीपमा सवार आठ जनाको ज्यान गएको छ । आज दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको प्यूटान प्रहरीले जनाएको छ ।
जीप चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका –५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।
दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन् । अस्पतालका चिकित्सक डा. प्रतीक्षा मिश्रका अनुसार आठै जनाको निधन भएको छ ।
जीप झण्डै ५० मिटर तल खसेको छ । यात्रुहरू सबै दाङका भएको अनुमान गरिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
