काठमाडौँ । वर्षात नहुँदा देशभर गर्मी बढेको छ । गर्मीका कारण तराइँका जिल्लामा लु (तातो हावा) चल्न शुरु गरेको छ भने अन्य जिल्लामा पनि तापक्रम अत्यधिक बढ्को छ ।
गर्मीकै कारण धेरै जिल्लाका विद्यालयहरु बन्द छन् । असार लाग्नै लाग्दा पानी नपर्दा किसानहरुले रोपाइका लागि व्याड नै राख्न पाएका छैनन् । किसानहरु वर्षातको पर्खाइमा छन् तर जल तथा मौसम विज्ञान विभागले भने यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण गरेको छ ।
नेपालमा सामान्यतयः जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् । नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
