भक्तपुर, १० साउन एसएलसी ग्रेड बृद्धि अर्थात पुरक परिक्षाको लागि तयारी पुरा भएको परिक्षा नियणत्रण कार्यालय सानोठिमिले जनाएको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यहि साउन १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिनुभयो ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ । साउन १४ गते देखी शुरु भएको परिक्षा २१ ग्ते सकिने छ ।।