काठमाडौं । निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारीको करिअरले पुनः एक चोटी यु-टर्न लिने संकेत देखाएको छ । एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् । केही दिनअघि उनले एकै दिन ४ वटा गीत रेकर्ड गराएकी थिइन् ।
सोमबार उनले एकै दिन ७ वटा गीत रेकर्ड गराएर पुरानो रेकर्ड तोडेकी छन् । जसले उनी फेरि डिमान्डेड बन्ने संकेत गरेको छ ।
पलका समर्थकहरुले उनीमाथि सामाजिक सञ्जालमा निर्दयी आक्रमण गरे ।
सामाजिक सञ्जालमा गालीगलौज गर्नेदेखि उनमाथि ढुंगासमेत प्रहार गरियो । सँगै उदाएका गायिकाहरु देश-विदेशका कार्यक्रमहरुमा व्यस्त रहँदा समीक्षा घरमै रोएर दिन काटिरहेकी थिइन् । कैयौं दिनसम्म उनले गीत गाउन सकिनन् ।
उक्त घटनापछि उनलाई गीत दिन कसैले हिम्मत गर्न छोडे । पहिले उनीसित काम गर्न कैयौं दिन पर्खेर अपोइन्टमेन्ट लिनेहरु अब उनी देख्दा पनि भाग्ने भए । यसले गर्दा समीक्षा कामविहीन बनिन् । एक वर्षको लामो मानसिक यातनापछि उनको जीवन पुनः ट्रयाकमा फर्किएको छ ।
