दाङ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वर्ल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ । यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागितामा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा विशेष कार्यक्रमको आयोजना गर्न लागि रहेको छ । सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा स्कुल चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलाललगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहनेछ ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्र्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले बताउनुभयो ।