घोराही । लायन्स क्लव ३२५‘N’ अन्तरगत एरिया नं. २ का क्लवका पदाधिकारीहरुका लागि अभिमूखिकरण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भयो । लायन्स क्लव ३२५‘N’ एरिया २ का चिफ ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ३२५‘N’का लागि सन् २०२३/२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले गरे ।
अभिमूखिकरण कार्यक्रममा एरिया नं. २ अन्तरगत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यहरुको सहभागिता थियो । आगामी बर्ष सन् २०२३/२०२४ का लागि नेतृत्वमा छनौट भएकाहरुलाई क्लव संचालनको तरिका, लायन अन्तराष्र्टियमा रिपोर्टिङ गर्ने तरिका, अध्यक्षको काम कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम र कोषाध्यक्षले गर्ने कामका बारेमा जानकारी गराइएको थियो ।
उक्त अभिमूखिकरण कार्यक्रममा बोल्दै सन् २०२३/२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्ने बताउनुभयो । उनले विश्वमा एक सय पाँच बर्ष अघि देखि सुरु भएको लायनको अभियान नेपालमा ५२ बर्ष अघि अर्थात सन् १९७१ बाट सुरु भएको जानकारी दिए ।
नेपालमा लायन्स क्लवका माध्यमबाट ठूला परियोजना संचालन गरिएको जानकारी दिदैं अहिले पनि लायन्स क्लव ३२५ एन अन्तरगत विभिन्न परियोजनाका लागि प्रस्ताव पठाइएको बताए। राप्ती आँखा अस्पतालका लागि करिव डेढ करोडको मेसिन आएको, प्युठान अस्पतालमा डायलासिसका लागि मेसिन आउन थालेको जानकारी दिए । नियमित रुपमा अनेकौं कामहरु भइरहेको उनको भनाई थियो ।उनले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै आफ्नो कार्यकालमा बृद्ध बृद्धाहरुका लागि सेवाको विशेष कार्यक्रम संचालन गर्न माथहतका क्लवहरुलाई आग्रह गरे ।
