गोविन्द खड्का
घोराही, १० साउन । राप्ती नदिमा आईतवार व्यपत्ता भएकाको खाजीमा सोमवार विहानै देखि रोल्पाली समाज लागेको छ । समाजका अध्यक्ष मनद कुमार वलीको नेतृत्वको टोलिले रिहार प्रहरीको सहयोगमा खोजी थालेको हो ।
बन्दका कारण एम्वुलेन्समा खोजीमा गएको टोलिमा रोल्पाली समाज हापुर शाखाका अध्यक्ष शक्तिराम डाँगी सहित दश जनाको टोली रहेको बताईएको छ । राजपुर नौ गंगदि घाट बाट बोहरा १६ घण्टा देखि हराईरहेका छन् ।