Indrenionline.com

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ प्रतिवादीहरुको आजदेखि न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले पक्राउ परेका १६ जनाको आजबाट प्रतिवादीहरुको बयान हुने भएको हो।

अझै १४ जना फरार रहेका छन्। बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ।

जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरिसकेको छ।