सल्यानको शारदा नगरपालीकामा सञ्चालीत तेस्रो साना शहरी खानेपानी आयोजनाको आधा भन्दा वढी काम पुरा भएको छ । नेपाल सरकार, उपभोक्ता र नगर विकास कोषको लगानीमा खलङ्गा सितलपाटी साना सहरी खानेपानी आयोजना सञ्चालनमा आएको यो सबै भन्दा ठुलो हो ।
उपभोक्ताको ३० प्रतिशत अन्र्तगत ५ प्रतिशत उपभोक्ताको नगद, २५ प्रतिशत नगर विकास कोषको ऋण र ७० प्रतिशत नेपाल सरकारको अनुदान सहयोगमा खानेपानी आयोजनाको काम भैरहेको निर्माण कम्पनी चन्द्रा एण्ड वसन्त कन्ट्रक्सन प्रालीका प्रोजेक्ट म्यानेजर ईञ्जिनियर तपराज पाठकले जानकारी दिनुभयो ।।