काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पनि तानिएका छन् । उनलाई आज उनकै निवासबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ भएका खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।