दुई साता देखि आमरण अनसनमा बस्नुभएका शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीप्रति समर्थन जनाउँदै अख्तियारको मूख्यकार्यालय घेर्न गएका चिकित्सकको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
संविधानको कार्यान्वयनमा सबै दल मिलेर अघि बढ्नु पर्नेमा प्रचण्डको जोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नयाँ सरकार, संविधानमा असन्तुष्ट रहेका मधेस केन्द्रित दल, जनजाति लगायत सबै पक्षको सहकार्यका साथ संविधानको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्ने बताउनुभएको छ ।
संस्थापक नेता नरबहादुर कर्माचार्यको तेश्रो स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै असन्तुष्ट पक्षबीच आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा लाग्ने बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक संघर्षमा प्रभावकारी भूमिका खेल्दै देश र जनताका अगाडि आफुलाई भिन्न पहिचानमा स्थापित गर्न संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।