Indrenionline.com

रविले दिए चितवन-२ मा उम्मेदवारी, आजै रविविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन– २ मा आफ्नो उम्मेदवारी दर्ता गराएकै दिन उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेपाली राहदानी दुरुपयोग गरेको कसुरमा लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडैल ‘सफल’ले मुद्दा दर्ता गराएका हुन् ।

सफलले उक्त रिट हिजो आइतबार नै सर्वोच्च अदालतमा पेश गरेका थिए तर रिट आज सोमबार मात्रै अदालतले दर्ता गरेको हो । यसअघि पनि उनै सफलले लामिछानेविरुद्ध नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

जसमाथि सर्वोच्चको संवैधानिक इजलासले फैसला दिँदै लामिछानेको सांसद पद, गृहमन्त्री पद तथा पार्टी सभापति पद सबै खारेज गरिदिएको थियो । सोही कारण यसअघि लामिछाने निर्वाचित चितवन क्षेत्र नं २ मा रिक्त रहेको सांसद पदका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ, जसमा लामिछानेले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।