अभिषेक बोहरा
बिहान ८ बजे नै विद्यालयको गेट खुल्छ, डिउटी अनुसारका शिक्षक कर्मचारीहरु बिद्यालय आइसकेका हुन्छन, अनि सुरु हुन्छ बिद्यार्थी आउने क्रम । आकर्षक पोशाकमा सजिएका बिद्यार्थीहरु सुसभ्य तरिकाले बिद्यालय प्रवेश गर्छन । बिद्यालय परिसरमै रहेको सरस्वती मन्दिरमा प्रार्थना गर्छन, आफ्नो कक्षा प्रवेश गरेर झोला राख्दछन, अनि सुरु हुन्छ आफ्नो रुची अनुसारको क्रियाकलाप । कोहि खेल, कोहि संगीत, कोहि योगा त कोहि अन्य अतिरिक्त क्रियाकलापमा जोडिन्छ ।
टोल छिमेकमा हुने विभिन्न संस्कारका कामहरुमा आफ्नो छोरालाई लिएर जाँदा छोराले समुदायका मानिस संग प्रदर्शन गर्ने व्यावहारले आफु निकै प्रशन्न हुने गरेको बताउछिन अभिभावक सीता शर्मा । आफ्नो छोराको उमेरका समुदायका बालबालीकाले दर्शाउने व्यावहार र आफ्नो छोराले प्रदर्शन गर्ने व्यावहार अत्यन्तै फरक भएको उनको भनाइ रहेको छ । समाजमा हुने विभिन्न सामाजिक संस्कार, संस्कृतिका कामहरुमा सहभागी हुँदा छोराले देखाउने व्यावहारले आफन्त नातागोता सबैले कस्तो संस्कारी बालक भनेर प्रशंसा गरेको सुन्दा उनलाई आनन्दानुभुती हुने गरेको उनको भनाइ छ ।
आफुले जीवनभर गर्ने दुख आफ्ना सन्तानका लागि नै त हो भन्दै उनि भन्छन– हाम्रा सम्पति भनेका हाम्रा छोराछोरी हुन्, हामीले जीवनमा जति सम्पति कमाएपनि छोराछोरी सभ्य र सु–संस्कृत भएनन् भने भविष्यमा सम्पतीले केहि काम गर्दैन त्यसैले छोराछोरीको भविष्यका लागि मैले अहिले नै लगानी गरेको छु । अहिले गरेको लगानीले मेरो छोरोमा आएको परिवर्तनले मा अत्यन्तै खुसि छु ।
उनि भन्छिन– मैले मेरा छोराछोरी पढाउनका लागि उचित समयमा उचित विद्यालय रोजेकोमा मलाई गर्व छ । मेरा छोराछोरीले सभ्यतामा पढाइ मात्र होइन वास्तवमै संस्कार संस्कृति र सभ्यता नै सिकेका छन् । म आफै लामो समय शिक्षण पेसामा आबद्ध भएकाले होला मैले आफै पनि बालबालिकाको मनोविज्ञान बुझ्न सक्दछु । नेपालको परिवेशमा केन्द्रित रहेर संस्कार, संस्कृति र सभ्यता संगै अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य नागरिक सभ्यताले तयार गर्नेमा म विश्वस्त छु । मैले त मेरा सम्पूर्ण आफन्तलाई सभ्यतामै पठाएको छु ।
यस्तै सभ्यताकै अर्की अभिभावक इन्दु पोख्रेलको पनि आफ्ना बालबालीका पढाउनका लागि सभ्यता रोजेकोमा आफुलाई खुसि लागेको भनाइ छ । सभ्यतामा सिक्ने व्यावहारिक सीपले उनि सन्तुष्ट रहेको बताउदै पोख्रेल भन्छिन– ’बालबालीका सिक्ने उमेर यहि हो यहि उमेरमा संस्कार , संस्कृति र सभ्यता संगै व्यावहारिक रुपमा सिप सिकेका छन् सन्तानका लागि हामीले गरेको शिक्षाको लगानीले हामी सन्तुष्ट छौं ।’
