काठमाडौं । शून्यमा देखिएको कोरोना संक्रमण पुनः उकालो लाग्ने क्रममा छ । अहिले नयाँ कोरोना संंक्रमितको संख्या ६९ सम्म पुगेको तथ्यांकले देखाउँछ ।
कोरोना परीक्षणका क्रममा संक्रमितको सख्ंया बढ्दै गएकाले फेरि कोरोना संक्रमणको जोखिमलाई बढाएको छ । तर अहिले नै संक्रमणले कुन रुप लिन सक्छ भन्ने यकिन नभए पनि कोरोनाको उच्च जोखिम रहेकाले विशेष सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।
चैत ७ र ८ गते शून्यमा देखिएको कारोना संक्रमितको संख्या चैत १३ गते ह्वातै बढेर ६९ सम्म पुगेको छ । दैनिक २० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ५ दिनको तथ्यांक हेर्दा अस्पतालमा कोरोना परिक्षण गराएका २ सय ५४ जना मध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।
