काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा केपी ओलीले राजीनामा घोषणा गरेका हुन् ।
यसअघि नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने, पहिलो सरकारको नेतृत्व प्रचण्डले गर्ने सहमति जुटाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै संसदमा सहभागी राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी छिन् ।
रातोपाटी बाट