Indrenionline.com

राष्ट्रपति चुनाव आज मतदान १० बजेदेखि

काठमाडौं । राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का ३३१ र प्रदेश सभा सदस्य ५५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ । यो निर्वाचनमा नेपाली काग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेवाङ् प्रतिस्पर्दामा छन् । निर्वाचनको परिणाम आजै वेलुका सम्म आउने आयोगले जनाएको छ ।