Indrenionline.com

सत्ताबाट विच्किए ओली : कांग्रेस–माओवादीमाथि संगिन आरोप

काठमाडौं । पछिल्लो परिघटनाबाट सरकारबाट वाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला केहिदिन यता माओवादीप्रति आक्रामक बन्दै गएका छन् । उनले सार्वजनिक रुपमा दिने अभिव्यक्तिहरुमा माओवादीप्रति कडा टिप्पणी सुनिछ । माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धले राजतन्त्र नफालेकोदेखि माओवादीलाई लान्छना लगाउने अन्य विभिन्न दाबी गरिरहेका छन् ओली ।

उनले त माओवादीले गरेको युद्धको औचित्य नै पुष्टी नभएको आरोप समेत लगाएका छन् । कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी हुने भन्दै प्रश्न गरेका ओलीले सत्ताबाट बिहिरिनु परेपछि माओवादी र प्रधानमन्त्री प्रचण्डमाथिको आक्रोशलाई थप तीब्र पार्दै लगेका छन् । एमाले अध्यक्ष केपी ओली समेत लामो समय व्यक्ति हत्या आरोपमा जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

झापा आन्दोलनको क्रममा व्यक्ति हत्या गरेको भन्दै तत्कालीन राज्य सत्ताले उनलाई लामो समय कैदी बनाएको थियो । तर, उनै ओलीले कांग्रेस–माओवादीले गरेको आन्दोलनको क्रममा भएका हत्याको विषयमा निर्मम टिप्पणी गर्दै आएका छन् ।

आइतबार सुखानी शहीद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०५२ सालपछि राजनीतिक स्वार्थका लागि माओवादीले १७ हजार मान्छे मारेको आरोप लगाए । शान्ति प्रक्रिया र त्यसपछिका घटनाक्रमलाई जोडेर ओलीले माओवादी जनयुद्धप्रति खरो टिप्पणी गरेका छन् ।

एमाले नेता मदन भण्डारीको हत्याको छानविन गर्ने क्रममै २१ जनाको हत्या भएको अभिव्यक्ति दिएका ओलीले कांग्रेसले पनि डेमोक्रेसी बाचउन भन्दै मान्छे मार्दै हिडेको आरोप समेत लगाएका छन् । जनताको जीवनको कुनै मूल्य नै नभए जसरी कांग्रेसले बहुदलमा मान्छे मारेको बताए ।

ओलीले कांग्रेस–माओवादीमाथि संगिन आरोप लगाएपनि माओवादी नेताहरुले समेत माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजिएको भन्दै चुप बस्न नसकिने बताउन थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले माओवादीलाई अपमान गर्ने र आन्दोलनलाई अपराधिकरण गर्ने विषय सह्य नहुने चेतावनी नै दिएका छन् ।

सत्ता समिकरण फेरबदल भएपछि माओवादीप्रति एमालेले पुरानै शैलीमा वाक युद्ध छेड्न थालेका छन् । यसअघि पनि ओलीले माओवादी युद्ध र त्यसलाई समर्थन गर्न नसकिने भन्दै चेतावनी दिदै आएका छन । तर, माओवादी युद्धमा सरिक नेताहरु समेत एमालेमै रहेकाले ओलीले यस्तो अभिव्यक्ति दिएपछि कसरी अघि बढ्लान रु यो चासोको विषय बन्न पुगेको छ ।