Indrenionline.com

आइओसीले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएर पठाएको छ। आइओसीले ग्याँस बाहेकपेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।

त्यस्तै नयाँ मूल्य सूचीअनुसार मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।