दाङ, १ बैशाख
दाङका मगरहरुले राज्यको हरेक निकायमा आफ्नो सहभागिता सुनिश्चितताको माग गर्दै अव आफ्नो जातिय उत्थानको आवश्यकता औल्याएका छन । उनीहरुले समाजमा आफुहरुको भुमिका वढाउन सर्वप्रथम मगर समुदायको उत्थानमा ध्यान दिदै शसक्त वन्नुपर्ने कुरामा जोेड दिएका हुन ।
कार्यक्रमका सहभागीहरुले मगरहरु राजैतिक, सामाजिक रुपान्तरणमा अग्रसर हुँदै आफ्नो भुमिका खोज्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । त्यसका लागी मगर पत्रकारहरुले मगर मुद्धा, मगरका संस्कार संस्कृतिलाइ थप उजागर गर्दै त्यसको प्रवद्र्धनका लागी कलम चलाउनुपर्ने सहभागीको जोड थियो ।
पत्रकारले सामाजिक उत्तरदायित्व वहन गदै पछाडी परेका आवाज र लुकेर रहेका कुरालाइ वाहिर ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड थियो । नेपाल मगर पत्रकार संघ दाङ शाखाका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुनको प्रमुख आतिथ्यता र संघका केन्द्रिय सदस्य साबित्रा रानाको बिशिष्ट आतिथ्यतामा कायक्रम भएको हो ।
एकआपसमा मिलेर वस्ने मगर समुदायमा पछौटेपन, गरिवी, सहकार्य र एकताको अभाव हुन नदिन पत्रकारहरुको निरन्तर खवरदारी आवश्यक रहेकोमा जोड दिइएको थियो । मगर संस्कार संस्कृति र पहिचान विस्तारै लोप हुँदै जाने खतरा वढेकाले त्यसकोे संरक्षण र संवद्र्धनका लागी कलम चल्नुपर्ने वक्ताहरको भनाइ थियो । कार्यक्रममा मगर अगुवा, वुद्धिजीवि, मगर पत्रकारहरुको सहभागिता थियो । साथै मगर पत्रकार संघले दाङका विभिन्न मिडियामा कायरत ३८ जना मगर पत्रकारहरुको तथ्याँक संकलन गरी सार्वजनिक समेत गरेको छ ।
संघका सदस्य हिरासिंह रानाको स्वागतवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शान्त कुमार वुढा मगरले गर्नुभएको थियो । साथै मगर पत्रकार संघ दाङले कायएक्रम सफल पार्न सहयोग गर्ने सवैमा धन्यवाद त्रापन समेत गरेको सचिव शान्त कुमार वुढाले जानकारी दिनुभयो ।।