Indrenionline.com

प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचन अघि विश्वासको मत लिने तयारी

काठमाडौं । सत्ता साझदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थनसहित सरकारबाट वाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्।

उनले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिन लागेका हुन्। उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

गत पुस १० गते नेकपा एमालेसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए।