काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण संसाद पद खारेज भएपछिराष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट वाहिरिएको थियो । बैठकले राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
