काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले कारवाही गर्न थालेपछि उनले पहिले नै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।
प्रसाईँले आइतवार नै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेको गएको महाधिवेशनबाट प्रसाईँ केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।
