Indrenionline.com

राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौ । आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन जनताले अन्त्य गर्दै प्रजातन्त्र स्थापना स्थापना गरेको दिन । आज ७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको हो । प्रजातन्त्र दिवसको दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।